TodayPati

दाइको निधन हुँदा भाउजूसँग प्रेम बसेपछि…

एजेन्सी-
जनकपुरधाम, भदौ १९ गते ।

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा एक महिलाले देवरसँग विहे गरेकी छन् ।

बिहारको सीतामढीमा पतिको निधनपछि विधवा बनेकी रंजीता देवरको प्रेममा परेकी थिइन् । परिवार र समाजको विरोधका बीच उनले महिला प्रहरी थानामा गएर देवरसँग लगनगाँठो कस्दै पुन: सिन्दुर पोते, चुरा लगाएकी हुन् ।

Sponsored

विहेको वर्षौपछि रंजीता खुशी देखिइन् भने बुहारीलाई एकपटक फेरि दुलहीका रुपमा देखेर ससुराली परिवार पनि हर्षित थियो ।

देवरको नाम सन्तोष साहनी हो । जसले आफ्ना दाईको निधनपछि भाउजुसँग प्रेम गरे । दुई वर्षको प्रेमपछि विहेको प्रस्ताव पनि गरे। एक सन्तानकी आमासमेत रहेकी रंजीताले स्वीकारिन् । तर समाजको डरले सन्तोष हच्किएका पनि थिए । रंजीता र दिनेश साहनीको विहे ५ वर्षअघि भएको थियो। विहेको ३ वर्षपछि दिनेशको करेन्ट लागेर निधन भयो । रंजीता विधवा भइन् । विस्तारै विस्तारै उनको आफ्नै देवरसँग प्रेम बस्यो ।

दुई वर्षको अवधिमा दुबै प्रेमको यति उत्कर्षमा पुग्यो कि परिवार, गाउँ, समाजमा समेत चर्चा हुन थाल्यो । तर, समाजको दबाब र आलोचनाका कारण सन्तोष रंजीतासँग विहे गर्न डराए ।

Sponsored

यद्यपि रंजीता देवरसँगको प्रेममा प्रतिबद्ध थिइन्। समाजलाई चुनौती दिँदै उनी महिला प्रहरी थाना पुगिन् । माइती र ससुराली परिवारको सहमतिमै देवरसँग विहे गरिन् । विहेपछि देवर-भाउजुको सम्बन्ध पति पत्नीमा परिणत भयो। दुबैले महिला थानाका प्रहरी अफिसरबाट आशीर्वाद लिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *