धनुषामा ६३ सहित प्रदेश २ मा थप २५२ जनामा कोरोना पुष्टि (विवरण सहित)
टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५५ महिलासहति २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६९ जना, धनुषामा ६३ जना, रौतहटमा ४६, सर्लाही ३० जना, बारामा २५ जना र महोत्तरीमा १९ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न जिल्लाहरुबाट १८३ जना संक्रमित कोरोना मुक्त भइ घर फर्केको मन्त्रालकया जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
बिहीबार कोरोना संक्रमणबाटबाट सप्तरीको राजविराज नगरपालिका ७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तो छ पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको विवरण :
Sponsored