TodayPati

धनुषामा शिव मन्दिर उदघाटन गर्दै नेता निधिले भने – लुटनेलाई भगवान शिवले संहार गरुन्

टुडेपाटी
जनकपुरधाम, फागनु १० गते ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार भ्रष्टाचारमा डुबेको रहस्योद्घाटन हुन थालेको बताएका छन्। संघीयता र संविधान मास्न उद्यत अहिलेको सरकार मुलुकलाई समेत लुट्न थालेको उनले बताए।

धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा शुक्रबार नवनिर्मित शिव मन्दिरको उद्घाटन गर्दै उपसभापति निधिले भने,‘प्रधानमन्त्रीज्यू भन्ने गर्नुहुन्थ्यो( अब लुटिङ फ्यासिलिटी अन्त्य भइसक्यो। तर, उनकै घरमा बस्ने एकजना विश्वासपात्रले हिजै राजीनामा गर्नु भएको छ।’

Sponsored

उपसभापति निधिले प्रधानमन्त्रीको घर र कार्यालय दुवै ठाउँमा लुटिङ भइरहेको टिप्पणी गरे। ‘प्रधानमन्त्रीज्यूको घर र कार्यालयमा लुटिङ भइरहेको छ। मुलुक भ्रष्टाचारको खाडलमा फस्दै छ, लुटिङ गर्नेलाई आज भगवान शिवले सबैको संहार गरुन्, म आग्रह गर्न चाहन्छु।’

अहिलेको कम्युनिस्ट सरकार संघीयता र संविधान मास्नतर्फ उद्यत रहेको भन्दै निधिले यसको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। ‘कम्युनिस्टहरु गणतन्त्र र संघीयतामाथि विश्वास गर्दैनन्, अहिलेको सरकार संविधान मास्नतर्फ अघि बढिरहेको छ, यसलाई जोगाउन हामी सबै एकजुट हुनुको विकल्प छैन,’ निधिले भने।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *