धनुषामा ५८ सहित प्रदेश २ मा थपिए २५० जना संक्रमित (विवरण सहित)
टुडेपाटी–
जनकपुरधाम, भदौ १७ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा २५० जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबभन्दा बढी धनुषामा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
क्रमसः बारा जिल्लामा ५२ जना, सर्लाहीमा ५१ जना, महोत्तरीमा २९ जना, रौतहटमा १८ जना, सिरहामा १३ जना, पर्सामा १४ जना र सप्तरीमा १५ जना संक्रमित फेला परेको मन्त्रालयका बरिष्ट चिकित्सक डा. कमलेश यादवले पुष्टि गरेका छन् । यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार ५५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेश मा ३ महिलासहित ८३ जना संक्रमित कोरोना मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
बुधबार थपिएका संक्रमितहरु : विवरण हेर्नुहोस्
Sponsored