TodayPati

प्रदेश २ का यी पाँँच जिल्ला सहित १२ जिल्ला बन्यो कोरोनाको हटस्पट

टुडेपाटी

जनकपुरधाम, भदौ १७ गते ।

प्रदेश २ सहित मुलुकको संघीय राजधानीलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ ।

Sponsored

काठमाडौंलगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा। सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । ‘यी १२ जिल्ला हट स्पट हुन् ।

समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु सुरु भएको छ । यही बेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन’, उनले भने ।

विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो । अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा। तिवारी बताउँछन् । काठमाडौं कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ ।

Sponsored

त्यसपछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलालीलगायत छन् ।

यससँगै विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा के गर्ने भन्ने बहस सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार, पोजेटिभिटी दरका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गर्न सकिन्छ ।

‘हरेक जिल्लामा रहेका संक्रमितको पोजेटिभिटी दर निकाल्नुपर्छ । संक्रमण बढ्दो छ कि घट्दो छ भन्ने निष्कर्षका आधारमा कार्यक्रम अघि बढाउनु पर्छ ।’ कुनै पनि जिल्लामा संक्रमण दर दुई सयभन्दा बढी भए लकडाउन गर्नुपर्ने डा. तिवारी बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *