TodayPati

सर्लाहीको लालबन्दीमा साढे ८ विघामा विषालु सर्प पाल्न ७२ करोडको सम्झौता

टुडेपाटी

जनकपुरधाम, भदौ १६ गते ।

सर्लाहीको लालबन्दीमा साढे आठ विघा जमिनमा विषालु सर्प पालिने भएको छ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ले सर्पको विष उत्पादनकालागि सर्प पाल्ने योजना बनाइएको हो ।

Sponsored

सर्प उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।
सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेको छ ।


झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारसँग ७२ करोड रुपैयाँको सम्झौता गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा संस्थाले साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको पन्त बताउँछन् ।
सर्प पाल्नका लागि सो जग्गा प्रतिकठ्ठा साढे ३ लाख रुपैयाँका दरले टेण्डरमार्फत खरिद गरिएको पन्तले बताए । प्रतिष्ठानले किनेको यो जग्गामा तीनै तहका सरकारको लगानी छ ।

सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको हो । अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने बताइएको छ ।

Sponsored

विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा हरेक वर्ष मानिसहरुको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ ।

अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सर्लाहीको लालबन्दीमा साढे ८ विघामा विषालु सर्प पाल्न ७२ करोडको सम्झौता

  • September 1, 2020 at 1:49 pm
    Permalink

    Sabvanda ramro tara india ko varnapari afnai des ma lyab banayera utpadan garda yati ramro hune thiyo yes karya ko lagi pradesh sarkarli mero salam

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *