प्रदेश २ मा मंगलवार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
टुडेपाटी
जनकपुरधाम, भदौ १६ गते ।
प्रदेश २ मा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वासथ्य निर्देशनालयका अनुसार मंगलवार धनुषामा २९, महोत्तरीमा ११, सिरहामा १, बारामा ८, पर्सामा १८, सर्लाहीमा १६, सप्तरीमा १ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ३ सय ६ पुगेको छ ।
यस्तै संक्रमणका कारण मंगलवार ४ जनाको मृत्यु भएको छ ।
निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार मृत्यु हुनेमा पर्साको बीरगगञ्ज महानगरपालिका—२० का ५३ वर्षीय पुरुष, पर्साकै अन्दाजी ६० वर्षीय घरबारबिहीन पुरुष, बाराको कोल्हवी नगरपालिकाका एकजना र सिरहाको मिर्चैया नगरपालिका—६ का ६५ वर्षीय पुरुष रहेका छन् ।
Sponsored