TodayPati

दशैँअघि नै कक्षा १२ को परिक्षा लिने बार्डको तयारी, कति सम्भव छ ?

टुडेपाटी

काठमाडौँ, भदौ १६ गते ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने प्रस्ताव गरेको छ । बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको छ।

Sponsored

‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्ने छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने, ‘परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’

यसपाली दसैं कात्तिकमा छ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

Sponsored

तर पत्रबारे अहिलेसम्म केहि जवाफ नआएको उनले बताए । सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।

‘परिस्थिति सहज भएमा परीक्षा केन्द्रमा विद्यार्थी राखेर पूरानै तरिकाबाट परीक्षा हुने उनले बताए ।
स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *