धनुषा र महोत्तरीमा ४२ जना कोरोना संक्रमित थपिए
टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।
धनुषामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको स्वाब परीक्षणमा आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार जनकपुरधाम वडा नम्बर ४, ७, ८ लगायतका २३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, धनुषाको मिथिला नगरपालिका– ७ का दुईजना, औरही गाउँपालिकाका एकजना, धनौजी गाउँपालिकाका एकजना, नगराइन नगरपालिकाका दुईजना र पौडेश्वरको एकजनामा संक्रमण पुष्टि भएको झाले बताए ।
यसैगरी जनकपुरस्थित नेपाल बैंक लिमिटेडका एकजनामा समेत संक्रमण पुष्टि भएको छ ।
योसँगै धनुषामा कोरोना संक्रमितको संख्या १ हजार ५७८ पुगेको छ भने हालसम्म १२ जनाको मृत्यु भएको छ ।
Sponsored
महोत्तरीमा १२ जना संक्रमित थपिए
महोत्तरीको मनरा सिसबा नगरपालिकाका ५ जना, पिपरा गाउँपालिकाका २ जना, सम्सीका एक जना, रामगोपालपुरका एक जना, बर्दिवास नगरपालिकाका एक जना, लोहारपट्टी नगरपालिकाका १ जना गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।