TodayPati

प्रहरी यातनाले मृत्यु भएका विजय घटनामा संलग्न रौतहटका तीन प्रहरी निलम्बित

टुडेेेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

रौतहटमा एक दलित युवाको हत्या आरोपमा नियन्त्रणमा लिएका आरोपीलाई सोधपुछ गर्ने क्रममा हिरासतमा प्रहरीको यातनाले मृत्यु भएकोले रौतहटका तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार विज्ञप्ति जारी गरी रौतहटकाे गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको सोधपुछका क्रममा मृत्यु भएको घटनामा ती प्रहरीलाई निलम्बन गरिएको बताइएको छ ।

निलम्बित प्रहरी निरीक्षक सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट जाँचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिनाका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै, प्रहरी हवल्दारद्वय धुनिया र सिंहलाई थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुञ्जेलसम्मका लागि निलम्बन गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *