TodayPati

वडाध्यक्षका छोरा उमेशको कोरोनाबाटै मृत्यु भएको पुष्टि

टुडेपाटी
जनकपुरधाम, भदौ १३ गते ।

महोत्तरीको भंगहा नगरपालिका वडा नंं १ का वडाध्यक्ष नवलकिशोर कापरका छोरा ३० वर्षीय उमेश कापडको कोराना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको छ ।

आठदिनेदेखि नियमित ज्वरो र रघाखोकीले ग्रसित उमेशको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको प्रादेशिक अस्पतालका निमित प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

Sponsored

रुघाखोकी लागेपछि घरमै औषधि उपचार गराइरहेका उमेशलाई श्वासप्रशासमा समस्या भएपछि शुक्रबार राति अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना भएको आशंकामा शुक्रबार नै स्वाब संकलन गरिएको थियो । शनिबार बिहान उनको मृत्यु भएको हो ।

उमेश वडाध्यक्षको एकलो छोरा थिए । उनी घरमै बस्दै आएका थिए । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *