TodayPati

नेपालमा कोरोना संक्रमणबाट ४९ हजार व्यक्तिको मृत्यु हुने एक अध्ययनको दावी

एजेन्सी-

काठमाडौँ, भदौ १३ गते ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४९ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ ।

Sponsored

यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने देखाएको हो ।

सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृत्यु हुन सक्ने उसले अनुमान गरेको हो।

‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको हो।
तर नेपालले अवलम्बन गर्ने रणनीतिमा यो कुरा भरपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ। नेपालले मध्यम किसिमको रणनीति अपनाएमा यसबाट हुने मृत्युको संख्यालाई ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

Sponsored

त्यस्तै उच्च अवरोधक रणनीति अपनाएका खण्डमा मृतकको संख्यालाई अझ ३३ हजारमा पनि झार्न सकिने प्रतिवेदनमा बताइएको छ।

अन्यथा यो वर्ष ९सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको ज्यान जान सक्ने प्रतिवेदनले चेतावनी दिएको छ।

अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेला। 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *