धनुषामा तस्कर र प्रहरीबिच झडप, प्रहरीले चलायो गोली
टुडेपाटी- जनकपुरधाम, भदौ १२ गते ।
धनुषाको बिदेह नगरपालिका स्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप भएको छ । झडपमा प्रहरीले एक राउण्ड हवाई फाईर समेत गरेको छ । प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापा हान्न गएको बेला प्रहरी टोली माथि तस्करको समुहले ढुङ्गामुढा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एस पी रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक ढुङ्गामुढा भएपछि प्रहरीहरु केहि समयका लागि ब्याक भएका थिए । सोहि समयमा तस्कर राजीव महासेठ ले भारत दुहबीका दलीत बस्तीबाट करिब ६० जना मान्छे ल्याएर स्टोर गरी राखेका करिब १ सय बोरा छहारा, ८० बोरा कालो मरिच, २ सय बोरा मटर भारत आफनो घरमा भित्र्याएको एस पी बस्नेत बताए ।
महासेठले नेपालबाट भारत रक्सी, मटर, मरिच, सेव लगायतका समान ठुलो मात्रामा पठाउने गरेका छने भने भारतबाट खानेतेल, चिनि, मलखाद, रजनीगंधा, दुध पाउडर लगायतका किराना समान भित्र्याउने गरेको छ । दुहबी नाकाबाट महासेठ बाहेक संतोष साह, पचकौरी साह, बिन्द कुमार, राजेश साह लगायका कयौं ब्यापारिहरुबाट दैनिक करिब ५ सय मोटरसाईकलमा सर समान नेपाल भित्रिने गरेको छ ।
आज बिहान मात्रै प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ का टोलीले बिदेह नगरपालिका स्थित बडा नम्बर १ बस्ने लियाकत कवाडीको घरबाट ३० बोरा मटर छापाहानी पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी र सिमा प्रहरी चौकी मुक दर्शक
सिमामा हुने अबैध गतिबिधि नियंत्रण तथा रोकथामका लागि स्थापना भएका शसस्त्र सिमा सुरक्षा बल महिनाथपुर र सिमा प्रहरी चौकी, दुहबी मुक दर्शक बनेका छन् । करिब २ किलोमिटरको दुरीमा प्रहरी चौकी ठाढी झिझा र शसस्त्र सिमा सुरक्षा बल महिनाथपुर र सिमा प्रहरी चौकी, दुहबी रहेको छ । तर यिनिहरुकै सामुने अबैध मालसमान ओसारपसार भईरहेको भएपनि यिनिहरु टुलुटुलु हेरिरहेका हुन्छन् ।
Sponsored
आफुलाई केहि थाहा नभएको र हाम्रो एरियाबाट कुनै किसिमको चोरी निकासी पैठारी नभएको शसस्त्र सिमा सुरक्षा बल महिनाथपुरका इन्सपेक्टर दिलेन्द्र खत्रीको दाबी छ । श्रोतका अनुसार ले राजीव महासेठ संग मात्रै महिनाको १ लाख ८० हजार रुपैया उठाउने गरेको छ । त्यसैगरी भन्सार सुरक्षा बेस, धनुषामा कार्यरत सहायक हबल्दार दिपेश सिंहले शसस्त्र प्रहरी गण, ८ नम्बर र भन्सार सुरक्षा बेस गरी दुबै ठाउँका लागी ३ लाख रुपैयाँ महिनाबारी लिने गरेको श्रोतको दाबी छ ।
केहि दिन अघि मात्रै सिमा प्रहरी चौकी, दुहबीको आगाडीबाट बैतुल्लाह भन्ने तस्करको लताकपडा स्थानीहरु पक्राउ गरी भन्सार बुझाएका थिए । सो कपडाको मुल्य करिब १२ लाख रुपैया भन्सारले मुल्यङ्कन गरेको थियो । सोहि काण्डमा त्याहाँ कार्यरत सई तानिएका थिए ।
यता सशस्त्र प्रहरी गुल्म, धनुषा भन्सार गुल्ममा कार्यरत दिपेश सिंह तस्कर संग सेटिङ्ग गर्न माहिर सहायक हबल्दार हुन् । जागिर अवधिको अधिकांश समय सिंह धनुषामै बिताएका छन् ।
अरु कर्मचारी भन्दा रकम उठाएर दिने सिंह हाकिमको पहिलो रोजाईमा पर्ने भाग्यमानी सिपाहि हुन । हाल धनुषा भरिको सबै तस्करहरुसंग उनको बाहेक कसैको पहुँच राम्रो छैन । जयनगर इनर्बा देखि फुलगामा सम्मका सबै तस्कर संग राम्रो पक्कड बनाएका सिंह केहि महिना आगाडि अबैध पैसा उठाउने काण्डमा तानिएका थिए । सोहि काण्डमा तानिएका कारण उनलाई तत्कालीन डिआइजी राजु अर्यालले केहि महिना बर्दिबास राखेका थिए र पछि उनलाई त्याहाँबाट महोत्तरी गणमा पठाए ।
पटक पटक बिवादमा परेका सिंह करिब डेढ बर्ष आगाडि जिल्ला घुमुवाका रुपमा रहेका चन्देश्वर गिरिलाई समेत घुस लिने कार्यमा फँसाएका थिए । जिल्ला घुमुवा गिरी हुने बितिकै सिंहलाई आफनो पद गुमेको रिस थाम्न नसकेर कालिचरण भन्ने एक जना बलेकियालाई उचालेर गिरीलाई फसाएका थिए ।
सिंगो शसस्त्र प्रहरी संगठनलाई बदनाम गर्ने सिंहलाई अहिले भन्सार सुरक्षा बेस क्याम्पमा कार्यरत्त इन्पेक्टर बाबु राम थापाले पुनः धनुषा बोलाएको छ । धनुषा जाने बितिकै बन्द भएका तस्करी पुनः सञ्चालन भएका छन् ।
के सिंह धनुषा बस्नै पर्छ ? उ धनुषा मात्र किन बस्न चाहन्छ ? एक दशक धनुषा बसेका सिंह धनुषा नबस्दा संगठनलाई के नराम्रो असर पर्छ ? लगायतका प्रश्नहरु उब्जीएको छ ।