भारतमा एकैदिन ७७ हजार मानिसमा कोरोना पुष्टि, संक्रमितको संख्या करिब ३४ लाख पुग्यो
टुडेपाटी
जनकपुरधाम, भदौ १२ गते ।
भारतमा पछिल्लो गत २४ घण्टामा करिब ७७ हजार नयाँ संक्रमित थपिएका छन् । वल्डोमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ७६ हजार ८२६ नयाँ संक्रमित थपिएका हुन् । योसँगै त्यहाँ संक्रमितको कुल संख्या ३३ लाख ८४ हजार नाघेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६५ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोानबाट मृत्यु हुनेको संख्या ६१ हजार ६९४ पुगेको छ । भारतमा हालसम्म २५ लाख ८३ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
गत २४ घण्टामा संयुक्त राज्य अमेरिकामा ४५ हजार ८ सय जनामा संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ६० लाख ४६ हजार नाघेको छ । जसमध्ये १ लाख ८४ हजार ७ सयको मृत्यु हुँदा ३३ लाख ४७ हजार संक्रमित निको भएका छन् ।
ब्राजिलमा बिहीबार ४२ हजार ४ सय संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३७ लाख ६४ हजार नाघेको छ । जसमध्ये २९ लाख ४७ हजार निको हुँदा १ लाख १८ हजार ७ सय संक्रमितको मृत्यु भएको छ ।
Sponsored
शुक्रबार बिहानसम्म विश्वभर २ करोड ४६ लाख नाघेको छ । जसमध्ये ८ लाख ३४ हजार ७ सय ५८ जनाको मृत्यु हुँदा १ करोड ७० लाख ७४ हजारभन्दा बढी संक्रमित निको भएका छन् ।