प्रदेश २ मा एकैदिन कोरोनाबाट ८ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
एकदिनमै कोरोनाबाट प्रदेश २ मा ८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक गर्भवती महिलासहित ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको समाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो ।
जसबा सबभन्दा बढी बारामा गर्भवती महिलासहति ५ जनाको मृत्यु भएको छ भने पर्सामा २ र धनुषामा १ जनाको मृतयु भएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
उनका अनुसार कोरोबाट मृत्यु हुनेहरुमा बारा जिल्लाको विभिन्न स्थानका ४२, ५९, ७० र ७५ वर्षीय चारजना पुरुष र बाराकै सुवर्ण गाउँपालिका ४ हर्दियाकी २३ वर्षीय गर्भवती महिला रहेकी छन् ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका १४ बहुअरीका ६२ वर्षीय पुरुष र पर्सा सुपौलीका ६६ वर्षीयको मृत्यु भएको छ ।
यस्तै बुधबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएका धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमणबाटै मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
योसंगै प्रदेश २ मा कोरोनाबाट बिहीबारसम्म ज्यान गुमाउनको संख्या ७२ पुगेको छ ।
Sponsored