धनुषामा कोरोनाबाट थप एक पुरुषको मृत्यु
टुडेपाटी-
जनकपुुुरधाम, भदौ ११ गते ।
कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा भर्ना भएका ती पुरुषको सोही दिन स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।
झाका अनुसार मृतक पुरुष बुधबार अस्पताल आएपछि उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृत्यु भएको थियो । मृत्यु पुरुषको कोरोना नतिजा बिहीबार आएकोमा उनी संक्रमण देखिएको हो ।
मृतक ती पुरुषमा पहिला देखि नै क्षयरोग तथा मधुमेहका रोग रहेका थिए ।
Sponsored