TodayPati

आज भगवान शिवको पूजा-आराधना गरी महाशिवरात्रि मनाइँदै, शिवालयहरुमा भीड

टुडेपाटी
जनकपुरधाम, फागुन ९ गते ।

आज फल्गुण कृष्ण चतुर्दशीको अर्थात् महाशिवरात्रि । आज भगवान् शिवको पूजा-आराधना गरी शिवालयहरुमा महाशिवरात्रि मनाइँदै छ ।

बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, भंगहाको सिद्धनाथ महादेव, टुटेश्वरनाथ, जनकपुरको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ, टुटेश्वरनाथ, बटेश्वरनाथ लगायत देश तथा विदेशका सबै शिवालयहरुमा पूजा अर्चना गर्ने भक्तजनको भीड लागेको छ ।

Sponsored

आजको दिन रात शिवको आराधना गर्दा छिट्टै प्रसन्न प्राप्त हुने आशुतोष स्वभावका भगवान् शिवबाट इहलोक र परलोक दुवैमा भक्तलाई शिवशक्ति प्राप्त हुन्छ भन्ने पुराण लगायतका ग्रन्थमा वर्णन गरिएको छ ।

व्रतमध्ये सर्वश्रेष्ठ मानिएको महाशिवरात्रिको दिन दूध, बेलपत्र, धतुरो चढाउने र रातभर जाग्राम रही शिवको स्तुति गर्दै व्रत बस्ने प्रचलन छ ।

महाशिवरात्रिको अवसरमा संघीय सरकारले देशैभर सार्वजनिक विदा दिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *