TodayPati

महोत्तरीका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

कोरोना संक्रमणबाट महोत्तरीका पुरुषको बिराटनगरमा मृत्यु भएको छ । मंगलबार राति बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतका अनुसार ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

Sponsored

पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । उनमा अन्य रोग पनि रहेको बताइएको छ ।

मंगलबार राति नै बिराटनगरकी एक महिलाको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा रहेको बिराट मेडिकल कलेजमा बिराटनगर–११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *