TodayPati

कोरोनाबाट बारामा थप २ जनाको मृत्यु, एकदिनमै ४ जनाले ज्यान गुमाए

टुडेपाटी-
बारा, भदौ १० गते ।

कोरोना भाइरसको संक्रमणबाट बारामा एकै दिन चार जनाको ज्यान गउको छ । गण्डकस्थित कोभिड अस्पतालमा मंगलबार बिहान २ जना र राति २ जना गरी गरी ४ जनाको मृत्यु भएको हो ।

मंगलबार राति कलैया उपमहानगरपालिका १ का ७० वर्षीय वृद्ध र विश्रामपुर गाउँपालिका १ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।

Sponsored

यसअघि मंगलबार बिहान विश्रामपुर गाउँपालिका ५ का ७२ वर्षीय वृद्ध र महागढीमाई नगरपालिका ४ का ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि देखिएपछि पीसीआर परिक्षण गरेपछि उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारको क्रममा उनीहरुको गण्डक अस्पतालमै मृत्यु भएको हो । यो संगै बारामा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १४ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *