TodayPati

रौतहटमा तीनै बालिकाको शव भेटियो, प्रदेश २ सरकारले १।१ लाख राहत दिने

टुडेपाटी-
रौतहट, भदौ १० गते ।

रौतहट स्थित बागमती नदीमा बेपत्ता भएका तीनजना बालिकाको शव फेला परेको छ । गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा आइतबार तीनजना बालिका बेपत्ता भएका थिए ।

गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखियाको शव भेटिएको हो ।

Sponsored

घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव बरामद गरेको थियोे ।

मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

यता घटनाप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुःख व्यक्त गर्दै मृतकहरुको आत्मको चिरशान्तिको कामना र मृतका परिवारप्रति सम्वेदना प्रकट गरेका छन् । प्रदेश सरकारले मृतक परिवारलाई १।१ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *