जनतमत पार्टीद्वारा सर्लाहीमा प्रदर्शन
टुडेपाटी-
सर्लाही, भदौ १० गते ।
सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाहीको बलरा नगरपालिका र रामनगर गाउँपालिकामा प्रदर्शन गरेको छ । विभिन्न पाँच सुत्रिय माग राख्दै जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताले मंगलबार प्रदर्शन गरेका हुन् ।
बैकल्पिक शिक्षा नीति लागु गर, किसानलाई मलखाद, विउविजन, औधधि तथा कृषि उपकरण गाउँमै व्यवस्था गर, बेरोजगारीलाई रोजगार र रोजगार नहुनेलाई बेरोजगारी भत्ता देउ, नागरिकको स्वास्थ्यसंग लापरबाही बन्द गर, व्यापार सहजीकरण गरी कालाबाजारी बन्द गर लगायतको पाँच सुत्रिय मागसहित प्रदर्शन गरेको जनमतसंघ सर्लाहीका युवा अध्यक्ष बिबेक शर्माले जानकारी दिए । जनमत पार्टीको निरन्तर प्रदर्शन जारी रहने उनले बताए ।