TodayPati

महोत्तरीमा एकैदिन थप २ जना कोरोना संक्रमितको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा मंगलबार मात्र थप २ जनाको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन गिरेन्द्र झाका अनुसार उनी दीर्घरोगी थिए ।

Sponsored

ुउनी क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा हँदै थियो,ु उनले भने ।

उनी भदौ ३ गते कोरोना संक्रमित भएका थिए । उनलाई उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी, महोत्तरीको बलवा नगरपालिका ३ बस्ने ७७ वर्षीय एक पुरुषको समेत कोराना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो ।

Sponsored

भदौ ६ गते उनी कोरोना संक्रमित भएको झाले जानकारी दिए । उनको ढाडमा लामो समयदेखि समस्या रहेको थियो । योसँगै महोत्तरीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *