TodayPati

प्रदेश २ : इन्धन आपूर्तिको ‘लाइफलाइन’ मा कोरोना आक्रमण, १६ कर्मचारी संक्रमित

टुडेपाटी

जनकपुरधाम, भदौ ९ गते ।

प्रदेश २ सहित देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

Sponsored

बाराको जितपुर सिमरा उपमहानगरपालिका—२१ अमलेखगंज क्षेत्रिय डिपोमा कार्यरत चालक सहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् । निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीहरुलाई पायक पर्ने स्थानिय होटलको आईशोलेसनमा आइशोलेट गरिएको छ ।

Sponsored

संत्रमित कर्मचारीको सम्पुर्ण खर्च निगमले व्यवहोर्ने समेत बताइएको छ । प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाकालागि सिल गरिएको छ ।
काठमाडौं, पोखरा, जनकपुर, बुटवलसहितका मुख्य सहरमा अमलेखगञ्ज डिपोबाट नै डिजेल–पेट्रोल वितरण हुन्छ । १९ सय किलोलिटर पेट्रोल र २० हजार किलोलिटर डिजेल भण्डार क्षमताको डिपो नेपाल–भारत पहिलो पेट्रोलियम पाइपलाइनसँग जोडिएको छ ।

मुख्य आपूर्ति प्रणालीमा नै प्रभाव पर्ने गरी संक्रमित फेला परेपछि निगमले थप मद्दत टोली काठमाडौंबाट पठाउने भएको छ । डिपो सञ्चालनका लागि १० जनाको टोली पठाउन लागिएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *