TodayPati

सिरहामा अवैध चल्ला सहितको ट्रक प्रहरीले भन्सारमा पठाए

टुडेपाटी

सिरहा, फागुन ८ गते ।

सिरहामा अवैध चल्ला सहितको मिनी ट्रक भन्सार कार्यालयमा बुझाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले विशेष सूचनाको आधारमा गोलबजार नपा ४ बाट नियन्त्रणमा लिएको २ हजार अवैध चल्ला सहितको बा २ च ३५४१ मम्वरको मिनी ट्रक भन्सार कार्यालय ठाडीमा बुझाएको सिरहा प्रहरीले जनाएको छ ।

Sponsored

नियन्त्रणमा लिएको चल्लाको मूल्य अहिलेको बजारभाउ अनुसार १ लाख ४१ हजार १ सय २० रुपैयाँ र गाडीको मूल्य १६ लाख मूल्याङ्कन गरेको छ । चल्ला भारतीय बजारबाट ल्याएको अनुमान व्यवसायीहरुको छ । गाडीको चालक भने प्रहरी देखेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीका अनुसार चल्ला बोकेको गाडीमा जीजे फोल्ट्री ह्याचरी जितपुर ३ बाराको बिल रहेको थियो । चल्ला गोलबजारकै एक व्यवसायीको नाममा विलिङ भएको बताएको छ । विल भएपनि भेटेरीनरी प्रमाणपत्र भने खाली रहेको थियो । क्वारेन्टाइनको छाप विनाकै विल बोकेर चल्ला ल्याएको देखेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय चीनमा कोरोना भाईरसको देखिएपछि भारतमा कुखुराको मासुको बिक्रीमा कमी आएको छ । उखुराको बिक्रीमा कमी आएपछि भारतीय कुखुरा नेपाल भित्रिने गरेको नेपाली व्यवसायीहरुको दावी रहेको छ ।

Sponsored

सिरहाको विभिन्न चोरबाटो हुँदै दिनहुँ चल्ला र कुखुरा नेपाल भित्रिरहेको सीमाक्षेत्रका नेपालीहरु बताउँछन् । उनीहरुले राती १२ बजेपछि कुखुरा बोकेको गाडी नेपाल भित्रिने गरेको बताए । स्थानीय भने प्रहरीकै मिलेमत्तोमा कुखुरा भित्रिने गरेको हाकाहाकी बताउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *