TodayPati

कोरोना नियन्त्रणमा सरकारको १३ अर्ब ३६ करोड खर्च

टुडेपाटी-
काठमाडौ, भदौ ५ गते ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा हालसम्म १३ अर्ब १६ करोड रुपैयाँ खर्च गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णया सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचनाप्रविधिमन्त्री  डा. युवराज खतिवडाले चैत मसान्तदेखि साउन मसान्तसम्म   १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको बताएका छन् ।

Sponsored

उनका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको उनले बताए  । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।

यस्तै, प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको  बताए । उनका अनुसार प्रदेश १ मा २० करोड ७१ लाख, प्रदेश २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख  रुपैयाँ खर्च भएको उनले बताए ।

Sponsored

यस्तै, स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *