TodayPati

‘विद्यालय निर्माणमे चलु सबकोई जुटुयौं’ गीतको पोस्टर सार्वजनिक

टुडेपाटी-
बर्दिवास, भदौ ५ गते ।

‘ जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले विद्यालय रुपान्तरण सम्बन्धी अभियानका लागि तयार पारेकोे म्युजिक भिडियो गीतको पोस्टर सार्वजनिक भएको छ । ‘विद्यालय निर्माणमे चलु सबकोई जुटुयौं’ भन्ने बोलको गीतको पोस्टर सार्वजनिक गरिएको हो ।

अनुप जनकपुर नामक युटुभ च्यानल मार्फत भदौं ९ गते म्युजिक भिडियो बजारमा आउन लागेको हो ।

Sponsored

महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा जनस्तरबाट आर्थिक श्रोत संकलन गरेर सञ्जालले बालउद्यान निर्माण गरिहेको छ ।

अभियान सफल बनाउन तयार पारिएको गीत मगही भाषामा छ । पत्रकार अमृत कुमार महतोले रचना गरेको गीतमा गायक बिजय दासले स्वर दिएका छन् । माँ सोना म्युजिक रेकडिङ्ग स्टुडियो गौशाला बजार महोत्तरीका अमरेन्द्र महतोले गीतमा संगीत भरेका छन् ।

म्युजिक भिडियोमा युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो, सञ्जालका अध्यक्ष परमेश्वर महतोको मुख्यअभिनय रहेको छ ।
अनुप जनकपुरको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियोको छयाँकन हाँस्यकलाकार कृष्ण कुमार महतोले निर्देशनामा खिचिएको हो भने गीतको बोलमा भिडियो राखेर तयार गर्ने काम न्यामिक कुमार यादवले गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *