TodayPati

नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

Sponsored

यीमध्ये १२ हजार १३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ५४६ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार ५८६ जना होम आइसोलेसनमा रहेका छन् ।

आज १३ हजार ५८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर विधिबाट कोरोना कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । १२ हजार २३४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *