TodayPati

मृगौला पीडित प्रमोदको मृत्युप्रति पुर्वमन्त्री यादवद्वारा दु:ख व्यक्त, छ‍ोराको यस्तो स्पष्टोक्ति !

टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।

उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा एकजना मृगौला विरामीको मृत्यु भएको घट्नामा पुर्वमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले दु:ख व्यक्त गरेका छन् । उपचारको अभावमा धनुषाको सवैला नगरपालिका निवासी मृगौला विरामी प्रमोद कुमार महतोको मृत्यु भएपछि त्यस क्षेत्रका निर्वाचित सांसद समेत रहेका उनले दु:ख व्यक्त गरेका हुन् ।

आफुले भरपुर प्रयास गर्दा समेत महतोलाई बचाउन नसकेको उल्लेख गर्दै यादवले लकडाउनको समयमा पनि आफुले काठमाडौँदेखि जनकपुरसम्म हरसम्भव प्रयास गरेको बताएका छन् । तर अहिले आएर आफ्नो जोडेर केही व्यक्तिहरुले प्रमोदको उपचारमा सहयोग नगरेको भनेर अफवाह फैलाउने काम गरिरहेको भन्दै दु:ख व्यक्त गरेका छन् । आफ्नो नाम जोडेकोमा दु:ख व्यक्त गर्दै उनलेे भ्रम तथा अफवाहको खेती नगरिदिन आग्रह गरेका हुन् ।

Sponsored

शुक्रबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै उनका छोरा रविकिरण यादवले मृतक महतोको उपचारमा पुर्वमन्त्री यादव र आफु स्वयंले गरेको प्रयास र पहल सहितको विवरण उल्लेख गरेका छन् । पुर्वमन्त्री यादवका छोरा रविकिरण यादवले मृतक प्रमोदको सुरुदेखि अन्तिमसम्मको अवस्था बारेमा सामाजिक सञ्जालमा लेखेको स्पष्टीकरण :

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *