सर्लाहीका कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ ५ गते ।
सर्लाहीका एक कोरोना संक्रमित पुरुषको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
शुक्रबार सर्लाहीका ४६ वर्षका पुरुषको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा। रवि शाक्यले जानकारी दिए । साउन ३१ गतेदेखि भर्ना भएका पुरुषमा भने निमोनियाको समस्या रहेको थियो ।
उनका अनुसार हाल अस्पतालमा एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ । ८८ जना संक्रमितको पनि उपचारमा रहेका छन् ।
१५ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको डा। शाक्यले बताए ।
त्यस्तै सोही अस्पतालमा कोरोनाका कारण दोलखा निवासी ३० वर्षीया महिलाको बिहान ४ः४५ बजे मृत्यु भएको थियो । पाटन अस्पतालमा मृत्यु भएकासँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १ सय २८ पुगेको छ ।
Sponsored