कोरोना कहर बढ्दै : १८ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, भदौ ५ गते ।
पछिल्लो १८ घण्टामा कोरोनन भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म देशै भर थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
शुक्रबार बिहान मात्रै ४ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना, रुपन्देही र चितवनमा १/१ जना गरी २ जनाको मृत्यु भएको हो ।
बिहीबार साँझ वीरगन्ज अेल्थकेयरमा ७५ वर्षीय पुरुष र काठमाडौंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको थियो भने राति होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।