वीरगञ्जमा कोरोनाबाट थप एक पुरुषको मृत्युु
टुडेपाटी-
वीरगन्ज , भदौ ४ गते ।
वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ।
नायायणी काेभिड १९ बीरगंज हेल्थ केयरमा उपचारको क्रममा बुधबार साँझ ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगन्ज महानगरपालिका ५ का ती वृद्धलाई ज्वराे, खाेकीकाे अाएपछि कोरोना परिक्षण गरिएको थियो । बुधबार उनको रिपोर्ट पोजेटिभ अाएको थियो ।
बुधबार साँझ पौने ७ बजे संक्रमितको उपचारको क्रममा मृत्युु भएको र उनको कुनै ट्राभल हिस्ट्री नभएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।