TodayPati

वीरगञ्जमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

टुडेपाटी-
वीरगञ्ज, भदौ ४ गते ।

वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार वीरगंजमा १० जना महिलासहित ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एक जना बाराका ६२ वर्षीय वृद्ध छन् भने बाँकी ५२ जना पर्साको वीरगंज बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआईसोलेसनमा संकलित स्वाबको नतिजा आएको नारायणी अस्पताल पीसीआर ल्याबकी प्रमुख प्याथोलोजिष्ट डा नीरा पाठकले जानकारी दिइन् ।

Sponsored

बुधवार दिन भरमा ४५० वटा नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनले अधिकांश बहुदरमाई नगरपालिका, पोखरीया र धोबिनीका बासिन्दा रहेको उनले बताइन् ।

यसअघि पोजेटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति र केहीमा ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या देखिएका शंकास्पद बिरामीको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *