TodayPati

निवार्चन आयोगमा दर्ता भयो उदाउँदै गरेको सूर्य चिह्नसहित नेकपा-एमाले

टुडेपाटी-
काठमाडौं, भदौ ३ गते ।

निर्वाचन आयोगमा नेकपा–एमाले नामको नयाँ राजनीतिक दल दर्ता भएको छ ।

तत्कालीन नेकपा–एमाले र नेकपा (माओवादी–केन्द्र) एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि सो एमाले नाम खालि थियो ।

Sponsored

गत असारमा सन्ध्या तिवारीको नेतृत्वमा एक समुहले नेकपा–एमाले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगका एक अधिकारीले भने,‘प्रक्रिया सबै पुरा भइसकेको छ, चिठी तयार हुँदैछ, केहिबेरमा दल दर्ताको प्रमाणपत्र दिन्छौं,’

उनका अनुसार सो दललाई निर्वाचन चिन्हको रुपमा डाँडामाथि उदाउँदो आधा सूर्य दिइनेछ ।

Sponsored

एमाले दल दर्ताका लागि सो समुह आयोग पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षीय नेताहरुबीच विवाद भएको थियो ।

प्रचण्ड र पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीले नै सो पार्टी दर्ता गर्ने पहल गरेको आरोप लगाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *