TodayPati

काठमाडौं उपत्यकामा भोलि रातिदेखि एकसाता निषेधाज्ञा

टुडेपाटी-
काठमाडौं, भदौ २ गते ।

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा भोलि रातिदेखि निषेधाज्ञा हुने भएको छ । उपत्याका तीनजिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भोलि बुधबार राति १२ बजेदेखि निषेधाज्ञा गर्ने प्रशासनले निर्णय गरेको हो ।

मंगलबार साँझ बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

Sponsored

ती सुरक्षा अधिकारीका अनुसार बिभिन्न ठाउँमा रहेका मानिसहरु कहिँ कतै अल्पत्र नपरुन भनी २४ घण्टा अगावै निर्णय गरिएको हो । केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । सोहि अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *