TodayPati

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

टुडेपाटी-
काठमाडौं, भदौ २ गते ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । घिमिरेको अन्त्येष्टि बुधबार गर्ने तयारी भएको छ ।

Sponsored

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका साहित्यकारका रूपमा परिचित राष्ट्रकवि घिमिरेको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा तथा उपविधाहरूमा सिर्जना गर्दै आइरहेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *