कोरोना संक्रमणबाट धनुषाका एकसहित थप ७ जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।
मंगलबार नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरमा थप ७ जनाको मृत्यु भएको हो ।
काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक रएक जना पुरुष र तनहुँकी एक महिला गरी ७ जनाको मृत्यु भएको गौतमको भनाइ छ ।