TodayPati

कोरोनाको उच्च जोखिम रहेको क्षेत्रमा कर्फ्यू जारी गर्ने अधिकार अब स्थानीय प्रशासनलाई

टुडेपाटी

जनकपुरधाम, भदौ २ गते ।

कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका अब स्थानीय प्रशासनले आफै कर्फयु, निषेधाज्ञा जारी गर्न पाउने भएका छन् ।

Sponsored

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको हो ।

यस्तै बैठकले परराष्ट्र सेवा अन्तर्गतका तीनजना सहसचिवलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ ।

सहसचिवहरु गेहेन्द्र राजभण्डारीलाई बेल्जियम, तापस अधिकारीलाई जर्मनी र रामकाजी खड्कालाई अर्को एक देशका लागि राजदूत सिफारिस गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *