कोरोना जोखिम बढ्दै गएपछि महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा
टुडेपाटी-
महोत्तरी, भदौ १ गते ।
कोरोना समुदाय स्तरमा फैलिएपछि महोत्तरीमा १० दिनको लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार राति १२ बजेदेखि भदौ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
कोरोना जोखिम बढेपछि सोमबार रातिदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिका क्षेत्रमा निषेधाज्ञाको निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कष्णबहादुर कटुवालले जानकारी दिए ।
उनका अनुुसार निषेधाज्ञा जारी गरिएका ठाउँमा अत्यावश्यक सेवाका साधन, औषधि (उपचार र खाद्यान्न स्टोरबाहेक सबै बन्द रहने छ ।
सबै १५ वटै स्थानीय निकाय नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखसँगको छलफलपछि निषेधाज्ञा जिल्लाभर विस्तार गर्ने निर्णय भएको उनले बताए ।
अतिआवश्यक पसलहरु मास्क, सेनिटाइजर, ग्लब्सको प्रयोग र समाजिक दुरीको पालना गरी बिहान ९ बजेसम्म मात्र खुल्ने प्रशासनले जनाएको छ ।
Sponsored
यसअघि जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ देखि जलेश्वर र महोत्तरी गाउँपालिका ३ र ५ मा निषेधाज्ञा जारी गेको थियो । साउन २५ गते पुनः सात दिन ती पालिकामा निषेधाज्ञाको समय बढाएको थियो ।