एसईईको नतिजा प्रकाशित
टुडेपाटी-
काठमाडौं, भदौ १ गते ।
राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डको बैठकले बिद्यार्थीको परीक्षाफल प्रमाणित गरी सोमबार साँझ पौने ६ बजे प्रकाशित गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय एसईईले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गरेको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको परीक्षा बोर्डले जनाएको छ ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए । परीक्षा बोर्डले चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको जनाएको छ ।
Sponsored
यहाँ क्लिक गरेर हेर्न सकिन्छ नतिजा