TodayPati

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो, सोमबार २११ जना कहाँ-कहाँ थपिए (विवरण)

टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५३ जना महिलासहित २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार सबभन्दा बढी बारा जिल्लामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अनुसार सोमबार पर्सामा २७ , रौतहटमा १९, सर्लाहीमा १८, धनुषामा १७, महोत्तरीमा १४, सप्तरीमा ६ र सिरहा जिल्लामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Sponsored

सोमबार थपिएका संक्रमित संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार १७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यस प्रदेशको विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात ५५ जना कोरोना निको भएर डिस्चार्ज भएको समेत निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले बताए ।

उनका अनुसार यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । रौतहटको गौर नगरपालिका वडा नं. १ का ३२ वर्षीय पुरुष र धनुषाको धनौजी गाउँपालिकाका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनाले पुष्टि गरेको छ ।

सोमबार मृत्यु भएका २ जनासंगै प्रदेश २ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *