पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु, थप ५८१ जना संक्रमित
टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।
नेपालमा थप ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा रौतहट मोरङ काठमाडौंमा १र१ जनाको मृत्यु भएको हो । रौतहटमा ३२ वर्षीय पुरुष मोरङमा ६० वर्षीय पुरुष र काठमाडौं ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
प्रवत्ता गौतमका अनुसार आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । यीमध्ये ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन् । अन्यको देशभरका विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ६० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको उनले बताए ।
Sponsored