प्रदेश सञ्चार विधेयक प्राविधिक त्रुटिका कारण सरकारलाई फिर्ता
टुडेपाटी-
जनकपुरधाम, भदौ १ गते ।
प्रदेश २ मा सर्वसम्मत पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन् । प्रमाणिकरणको लागि पठाइएकोमा उक्त विधेयकलाई प्रदेश प्रमुख तीलक परियारले फिर्ता पठाएका हुन् ।
प्रदेश २ को सभाबाट सर्वसम्मत पारित गरेको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरु समेत नमिलेको कारण देखाउँदै सो विधेयक प्रदेश सरकारलाई फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकिय सचिव पदम विश्वकर्माले जानकारी दिए ।
।
नेपाल पत्रकार महासंघ प्रदेश २ लाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रदेश सरकारले पत्रकारितामाथि नै अंकुश लगाउने प्रावधानहरु राखि प्रदेशसभाबाट सर्वसम्मत रुपले पारित गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुख परियार समक्ष पठाइएको थियो ।
तर प्रदेश प्रमुखले प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजन लगायतका विभिन्न दफा उपदफामा केही त्रुटि रहेकाले सो सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाइएको विश्वकर्माले बताए ।
Sponsored
प्रदेश सरकारको विधेयकले प्रेसमाथि अंकुश लगाएको र प्रेस विरोधी रहेको भन्दै विधेयक फिर्ता लिन पत्रकार महासंघ प्रदेश २ ले दबाबमुलक कार्यक्रहरु गर्दै आएका छन् ।
यस विधेयकमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी, नेपाल पत्रकार महासंघलाई पदेन सदस्य बनाउनुपर्ने, प्रेसमैत्री विधेयक बनाउनुपर्ने लगायतका मागहरु राखेर महासंघका प्रदेश महासचिव किरण कर्णले आन्दोलित रहेको जानकारी दिए ।