सिरहामा भदौ १५ गतेसम्म लकडाउन घोषणा
टुडेपाटी-
सिरहा, भदौ १ गते ।
सिरहामा भदौ १५ गतेसम्मकालागि लकडाउन घोषणा गरिएको छ ।
कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले १७ वटै स्थानीय तहमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय सुरक्षा समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको हो।
सबै स्थानीय तहमा अति आवश्यकीय सेवामा सहजीकरण गरेर लकडाउनलाई कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।
Sponsored
यसअघि सिरहामा २३ गते साउनदेखि २३ साउनसम्म ३२ गतेसम्म र दोस्रो पटक भदौ १ गतेदेखि १५ भदौसम्मका लागि लकडाउनलाई जारी जारी गरिएको थियो ।