प्रदेश २ : मेयर, वडाध्यक्ष, मेसु सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
टुडेपाटी
बीरगञ्ज, भदौ १ गते ।
पर्सामा थप ३३ जनामा कोरोना संक्रमित थपिका छन् ।
पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका मेयर रौनियार सहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि साउन २६ गते पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । यस्तै
पोखरिया नगरपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।
Sponsored
यस्तै मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् ।
ज्वरो र खोकी लागेपछि मेयर रौनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि स्वाब नमुना दिएका थिए । ७ दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ आए पनि मेयर रौनियारको ज्वरो र खोकी निको भइसकेको छ ।
पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् । यसअघि नै पोखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा छन् ।