जनकपुरमा कोरोनाबाट थप १ जनाको ज्यान गयो, धनुषामा मृतक संख्या ८ पुग्यो
टुडेपाटी-
जनकपुरधाम, साउन ३२ गते ।
धनुषामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उपचारका क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा शुक्रबार नै मृत्यु भएको थियो । त्यसपछि कोरोना परिक्षण गर्न उनको स्वाब संकलन गरिएको थियो । तर उनको अन्त्येष्टिपछि आइतबार मात्र उनी कोरोना संक्रमणको कारण मृत्यु भएको खुलेको छ ।
आइतबार ती मृतकको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । ती पुरुषलाई रुघाखोकी, ज्वरो लागेपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।