TodayPati

सर्लाहीमा फेरि थपिए ७ दिन निषेधाज्ञा

टुडेपाटी-
सर्लाही, साउन ३२ गते ।

सर्लाहीमा थप ७ दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा पुगिसकेको कोरोना संक्रमण थप फैलिन नदिन निषेधाज्ञा थपिएको हो ।

समुदायमा कोरोना संक्रमणको आशंकासहित २६ गतेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । उक्त निर्णयअनुसारको निषेधाज्ञा आइतबार रातिबाट सकिँदै गर्दा कोरोना संक्रमितको संख्या बढिरहेकोले निषेधाज्ञा लम्ब्याएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

Sponsored

पछिल्लो एक सातामै १ सय ५० जना नयाँ संक्रमित फेला परेका छन् । आइतबार दिउँसो कोरोना रोकथाम नियन्त्रण समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेको सीडीओ पौडेलले बताए ।

भदौ १ गतेबाट लागू हुने निषेधाज्ञामा सोमबार, बुधबार र शुक्रबार साँझ ४ देखि ७ बजेसम्म स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालन अनुमति दिइएको सीडीओ पौडेलको भनाइ छ ।

सर्लाहीमा हालसम्म ९ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७ सय ६६ जना निको भएर घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Sponsored

यो दोश्रो पटक थपिएको निषेधाज्ञा हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *