प्रहरीका २ जना डीआईजीसहित ६२० जनामा कोरोना संक्रमण
टुडेपाटी-
काठमाडौं, साउन ३२ गते ।
नेपाल प्रहरीका २ जना प्रहरी नायब महानिरीक्षक डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना डीआईजीमा संक्रमण देखिएको हो ।
योसँगै हालसम्म प्रहरी अस्पतालमा कार्यरत ३६ जनासहित नेपाल प्रहरीका ६ सय २० जना संक्रमित भइसकेका छन् ।
प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा १ सय ५५ जना कोरोना संक्रमित उपचाररत रहेको उनले बताए ।
Sponsored
हालसम्म नेपाल प्रहरीका ६२० जना संक्रमित भएकोमा २४० जना डिस्चार्ज भएका छन् भने ३८० जना उपचाररत रहेका छन् ।