TodayPati

वीरगञ्जमा कोरोना मुक्त भएपछि डिस्चार्ज भएका कलवारको शंकास्पद मृत्यु

टुडेपाटी-
वीरगञ्ज, साउन ३२ गते ।

वीरगञ्जमा कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको चार घण्टा नबित्दै एकजनाको शंकास्पद मृत्यु भएको छ । कोरोना विषेश अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको हो ।

नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको लागि राम्रो अस्पतालमा भर्ना गर्न कोभिड अस्पतालका चिकित्सकले सल्लाह दिएका थिए ।
कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले कलवारलाई थप उपचारका लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले कलवारलाई कोभिड अस्पतालबाट डिस्चार्ज भएपछि वीरगन्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।

Sponsored

पचारकै क्रममा शनिबार राति साढे ११ बजे कलवारको मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताएछन् । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चारघण्टापछि मृत्यु भएपछि परीक्षण रिपोर्टमा परिवारजनले शंका उत्पन्न गरेका छन् ।

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् । मृतकको साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शव नारायणी बयोधा अस्पतालमै राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *