धरानमा कोरोना संक्रमति एकजना महिलाले दम तोडिन्
टुडेपाटी-
धरान, साउन ३२ गते ।
धरानामा कोरोना संक्रमित एक जना महिलाले दम तोडेकी छन् । गए राति मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
उनलाई शनिबार राति साढे ११ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको एक घण्टा पछि नै उनको निधन भएको अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमणले अवस्था जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो । विराटनगरमा उपचार सुरु गर्नुअघि उनले भारतमा उपचार गराएको बताइएको छ ।
उनलाई श्वाँसप्रश्वाँस, थाइराइड र मुटु सम्बन्धी समस्या रहेको डाक्टर सापकोटाले बताए ।
Sponsored