TodayPati

रुसमा कोरोना खोप पहिलो खेप उत्पादन भइसक्यो, यो महिनामै बजारमा आउँछ

एजेन्सी-
काठमाडौं, साउन ३२ गते ।

विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ ।

Sponsored

यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो ।

यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ ।

तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ । तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन् । खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ ।

Sponsored

रुसले खोपको नाम स्पुतनिक राखेको छ । यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो । त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोरीले समेत लगाउँदा राम्रो परिणाम देखिएको दाबी गरेका छन् ।

न्युज एजेन्सी इन्टरफेक्सका अनुसार खोप विकास गर्ने कम्पनी मस्कोस्थित ग्यामलाई इन्स्टिच्युटले डिसेम्बर–जनवरीसम्ममा मासिक ५० लाख डोज उत्पादन थालिने जनाएको छ ।

कतिपय देशका वैज्ञानिकले भने सबैभन्दा पहिले खोप निकाल्ने चक्करमा रुसले यसका कतिपय मापदण्ड पूरा नगरेको भन्दै शंका व्यक्त गरिरहेका छन् । तर रुसले त्यसलाई ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ ।

पछिल्लो समय अमोरिकाले समेत रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *